प्रधानमन्त्रीको भ्रमणले छिमेकीसँगको सम्बन्ध घनिष्ट : नेपाल


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भारत र चीनको भ्रमणले छिमेकीसँगको सम्बन्ध घनिष्ट बनेको दाबी गरेका छन् ।

आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘सम्बन्धका साथै दुवै छिमेकीलाई नेपालको विकास प्रक्रियामा सहयात्री बनाएर अगाडि बढाउने प्रतिबद्धता भ्रमणका क्रममा भएको छ ।’
नयाँ सरकार गठन र पार्टी एकीकरणले जनतामा उत्साह थपेको उनले बताए । ‘अब हामी पार्टीको केन्द्रीय संरचनाजस्तै प्रदेश र जिल्ला तहका सांगठानिक संरचनाहरु पनि एक दुई हप्ताभित्रै टुङ्ग्याउने छौं’ नेता नेपालले भने ‘त्यसपछि जनताका काममा मात्रै केन्द्रित भएर लाग्ने दिन आउने छ । आउँदा दिन झनै सुखद् हुनेछन् ।’
पार्टीको क्रान्तिकारी चरित्रलाई जोगाउने मात्रै नभएर झनै धारिलो बनाएर जाने उनले बताए ।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com