अष्ट्रेलियाको जीवन देखावटी मात्र हो; सुत्ने फुर्सद त छैन,डेटिङमा कहाँ जानु !


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको लागि सपनाको देश बनिरहेको छ। अष्ट्रेलियाको भिसा लाग्ने बित्तिकै नेपाली विद्यार्थीको खुची चुलिन्छ र नयाँ-नयाँ सपना देख्न थाल्छन् ।

तर, नेपालमा बसेर सपना देखे जस्तो छ त अष्ट्रेलिया ? यसबारेमा के भन्छन् यहाँ पढ्दै गरेका नेपाली विद्यार्थीहरु ?

अष्ट्रेलियाको सबै देखावटी हो, भन्छन् रोहित अधिकारि। उनका अनुसार अष्ट्रेलिया राम्रो त छ तर, आफ्नो परिवारसंग टाढा बस्नुपर्ने बाध्यता तथा काम र पढाइ बीचको व्यवस्थापनको तनावले विद्यार्थीहरु बाहिर खुशी भएपनि वास्तवमा खुशी हुँदैनन् ।

अधिकारि डर्विन विश्वविद्यालय अन्तर्गतको अष्ट्रेलियन टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज एटिएमसी कलेजमा व्याचलर अफ एकाउन्टिङ पढ्नको लागि अष्ट्रेलिया आएका हुन् । महोत्तरीका उनी विद्यार्थी जीवनलाई जीवनकै महत्त्वपूर्ण अवस्थाको रुपमा लिन्छन् । डिग्री हासिल गरेर आफ्नो राम्रो करियरको विकास गर्ने सपना देखेका उनी यसको लागि कडा मेहनत गरिरहेका छन्।

काठमाडौंका दिकेन स्याङ्तान एपोली कलेजमा टुरिजम एण्ड हस्पिटालिटी पढ्नको लागि अष्ट्रेलिया आएका हुन् । अष्ट्रेलियाको जीवन बारे उनी भन्छन् , ” अष्ट्रेलियाको जीवन त राम्रो हो तर दुख र मिहिनेत विना केही हासिल हुँदैन । त्यसैले जो मिहिनेत गर्न सक्दैन अथवा दु:ख गर्ने बानी नहुनेले अष्ट्रेलिया आउँछु भने नसोचेकै राम्रो । किनभने यहाँको जीवन सोचे जस्तो छैन । तर दु:ख र मिहिनेत गर्नेलाई चाहिं अवसरहरु पनि छन्”।

आफ्नो पढाइ तथा करियरको लागि अष्ट्रेलिया रहेर मेहनत गरिरहेका उनलाई , विद्यार्थी जीवनमा गाँसिने प्रेम-सम्बन्धको बारेमा गरिएको प्रश्नमा उत्तर दिए, ” योदेशमा सुत्ने फुर्सद त छैन,डेटिङमा जान झन् कहाँबाट फुर्सद पाउँनु ?”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com