‘एसइई’को नतिजा आज सार्वजनिक हुने- हेर्ने कसरी
प्रकाशित मिति : असार ९, २०७५ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/06/see.jpg?fit=778%2C374&ssl=1)
माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम ‘एसइई’को नतिजा आज सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईईको नतिजा आज अपरान्ह ३ बजे र्बोडको बैठक बस्ने र ४ बजे सार्वजनिक गर्ने जनाएको छ । परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले कुनै प्राविधिक समस्या नआए अपरान्ह परिक्षाफल प्रकाशित गरिने जानकारी दिनुभयो ।
चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो ।
आगामी शैक्षिकसत्रबाट सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ । । विगत बर्षहरुमा झै यसबर्ष पनि परिक्षाफल इन्टरनेट, मोबाइल एप्स र नेपाल टेलिकमबाट पनि उपलब्ध गराईको नियन्त्रक रेग्मिको भनाई छ ।
परिक्षाको नतिजा हेर्न मोबाईलको म्यासेज बक्समा गई एसईई टाईप गरी स्पेश दिएर सिम्बोल नम्बर टाईप गरी ३१००५ मा पठाउन सकिन्छ ।
एसइई नतिजा हेर्न यहाँ क्लिक गर्नहाेस