महिलालाई आधुनिक चुलो वितरण


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले आफ्ना महिला सदस्यलाई निःशुल्क आधुनिक चुलो वितरण गरेको छ ।

विभिन्न समूहमा रहेर बैंकिङ कारोवार गर्दै आएका महिलालाई चुलो वितरण गरिएको हो । पाल्पाको बगनासकाली गाउँपालिकामा रहेका तीन समूहका करीब ३० महिला सदस्यलाई चुलो वितरण गरिएको बैंकका अध्यक्ष बाबुराम विश्वकर्माले बताएका छन।

उनका अनुसार चण्डीदेवी महिला बैंकिङ समुदाय, समाज सुधार महिला बैंकिङ समुदाय र उत्कृष्ट महिला बैंकिङ समुदायमा आबद्ध महिलालाई चुलो वितरण गरिएको हो । चुलो पाउनेमा अधिकांश दलित, कुमाल, जनजाति र विपन्न महिला रहेका छन् ।

करीब रु पाँच हजार मूल्य पर्ने सो आधुनिक चुलो निकै किफायती रहेको सहयोगी संस्था ‘विन रक इन्टरनेशनल’का रवीन श्रेष्ठले बताएका छन । आधुनिक चुलोबाट कम धुवाँ निस्कने, दाउरा कम लाग्ने, कम समयमा खानाका परिकार पाक्ने, भाँडा कम मात्रामा कालो हुने, वातावरण प्रदूषणमा कमी आउने, खाना पकाउने भान्छेलाई कम असर गर्नेलगायतका फाइदा हुने श्रेष्ठको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आधुनिक चुलो वितरणले गाउँपालिकालाई हराभरा बनाउने अभियानमा मद्यत पुग्ने बताएका छन। अधिकांश बैंकले नाफा कमाउने उद्देश्यले वित्तीय कारोवारमात्रै गरेको भन्दै उनले जनउत्थानले चुलो वितरण गरेर अनुकरणीय सामाजिक काम गरेको बताएका छन ।

बैंकका कार्यकारी प्रबन्ध निर्देशक श्रीराम पोखरेलले १५ जिल्लामा ३१ शाखा रहेको जनउत्थान लघुवित्त विकास बैंकमा हाल २४ हजार सदस्य रहेको जानकारी दिनुभयो । उनले १४ हजार सदस्यलाई रु ९३ करोड कर्जा लगानी तथा रु २४ करोड बचत रहेको बताएका छन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com