बिरामी महिलालाई बोक्सी लागेको भन्दै पन्यूले डाम्ने पक्राउ


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

बोक्सी भगाउन भन्दै बिरामी महिलालाई तातो पन्यूले डाम्न सहयोग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू तताएर गालामा डाम्न सहयोग गर्ने दिपक दर्जी, राजन पौडेल, असिम रोकालाई प्रहरीले पक्राउ गरेको हो । पन्यूले डाम्ने मुख्य व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

धामी भन्दै पन्युले डाम्ने रविन्द्र नेवार भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए ।

बिरामी २६ वर्षीया सरिता दर्जीलाई बोक्सीले दुःख दिएको भन्दै ती युवाले बोक्सी भगाइदिन्छु भनि सिस्नो पानीले हान्ने र तातो फलामले दाहिने गालामा डामेको जिल्ला प्रहरी निरीक्षक थापाले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोक्सी भगाउने भन्दै कुटपिट गरेर घाइते भएकी सरिताले धामीले रोग ठिक पारिदिने भन्दै आफूलाई थप पीडा दिएको भन्दै जिला प्रहरी कार्यालयमा असार ५ गते उजुरी दिएकी थिइन् ।

पक्राउ परेका तिनै जनामाथि अनुसन्धान सुरु गरेको र मुख्य योजनाकारलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको थापाले बताएका छन् । महिलालाई उपचार गरी घर पठाएको प्रहरीले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com