देवकोटाको मेडिकल कलेजमा श्रद्धाञ्जली सभा आयोजना


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटाको निधन भएको चौथो दिन नेपाल मेडिकल कलेजले जोरपाटीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । डा देवकोटा एसियाकै चर्चित न्युरो सर्जनमा चिनिन्छन् । उनले देखाएको बाटोलाई आत्मसाथ गर्दै अगाडि जान आवश्यक रहेको चिकित्सकहरुले बताए ।

देवकोटाको सम्झनामा चिकित्सकहरुले एक मिनेट मौनधारण पनि गरेका थिए । एसियाकै चर्चित डाक्टर देवकोटाको गत सोमबार क्यान्सरका कारण मृत्यु भएको थियो ।

बिहीवार साँझ कलेजमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा चिकित्सकहरुले देवकोटाले नेपालको चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको सम्झना गरे । ‘चिकित्सा सेवामा रहेर ३० हजार बढी बिरामीको स्वास्थ्य उपचार गरेका डा.देवकोटाको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो धक्का लागेको छ, नेपाल मेडिकल कलेजका अध्यक्ष डा.भोला रिजालले भने ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com