Follow @khasokhasmag

यस्तो भयो अमेरिकामा किरात राईको तिहार


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरले नाचगानका साथ तिहार मनाएको छ ।

संस्थाकी केन्द्रीय उपसभापति मुना राईको पहलमा न्युयोर्कको क्विन्समा सम्पन्न तिहार कार्यक्रमको संयोजन न्युयोर्क च्याप्टरका पूर्व सभापति नवीनकला राइले गर्नुभएको थियो ।

कार्यक्रमममा अन्तराष्ट्रिय सम्मानको लागि नेपालबाट आउनु भएका भएका अक्कल तामाङका साथै डा. सुख गुरुङ, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइबा, युक्राका निवर्तमान अध्यक्ष प्रभाकर राई, युक्राकी उपाध्यक्ष मुना राई, युक्रा न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष नवीनकला राई, युक्रा न्युयोर्क च्याप्टरका वर्तमान अध्यक्ष केशवराम राई, मुस्ताङ किदुगका कार्यवाहक सभापति तथा जनजाति महासंघ अमेरिकाका कोषाध्यक्ष राजकुमार विष्ट, संघीय समाज अमेरिकाका सचिव लोक चेमजोङ, डा खगेन्द्र केरुङ, युएनडिपीका पूर्व सभापति टेक गुरुङ, तमु समाजका निवर्तमान अध्यक्ष मेख गुरुङलगायत निवर्तमान जनजाति महासंघका महासचिव मान राना मगर, समाजसेवी हर्क गुरुङ, एनआरएन, अमेरिकाका सल्लाहाकार तथा हिमालयन कमिटीको महासचिव बाबुराम लामा, नेपाल अमेरिकी कलाकार संघका अध्यक्ष सुमन बुढामुगरलगायत अतिथिलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा गायिका वसन्ती राई, गायक विपन राई, सुवर्ण शाक्य, राजेन्द्र राई, सुमन बुढामुगरले विभिन्न गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

सुख राइ र सपना राइको संचालन रहेको उक्त कार्यक्रममा नानसाङ राईले अतिथि पाहुँनाहरुलाई टिका लगाइदिएर स्वागत गर्नु भएको थियो भने इन्दिरा राइले फुलमाला लगाइदिएर स्वागत तथा वरिष्ठ उपाध्यक्षले सम्पूर्ण अतिथिहरुलाई व्याच लगाएर सम्मान तथा स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा युक्रा न्युयोर्क च्याप्टरका वर्तमान अध्यक्ष केशवराम राईले धन्यवाद दिनुभएको थियो ।

14962353_1227292453995869_1583298969_n

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com