क्यानडामा महिला बाइक राइडरको भयानक मृत्युको भिडियो
प्रकाशित मिति : असार ७, २०७५ बिहीबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/06/bike_rider_fh7xHexAs1.png?fit=858%2C433&ssl=1)
क्यानडाको ओन्टोरियो हाइवेमा एक ४७ वर्षीया महिला बाइक राइडरको भयानक सडक दुर्घटनामा मृत्यु भएको छ । गलत लेनमा अचानक मोडिएको कारसँग महिलाको बाइक ठोक्किएको थियो । बाइक अत्यधिक स्पिडमा थियो जसका कारण महिला हावामा उडेर जमिनमा बजारिएकी थिइन् । बाइक कारसँग यति नमज्जाले ठोक्किएको थियो कि कारको पछाडिको भागपनि पूर्ण रुपमा क्षतीग्रस्त भएको थियो ।
बाइक राइडर महिलाले अस्पतालमा अन्तिम सास फेरेकी थिइन् ।
क्यानडा पुलिसले अहिलेसम्म महिलाको नाम सार्वजनिक गरेको छैन । यद्यपी, पुलिसले पछाडिको कारले रेकर्ड गरेको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा अर्को लेनमा मोडिएको आरोपी कार ड्राइभरको गल्ती स्पष्ट देख्न सकिन्छ । पुलिसले कार चालकविरुद्ध मुद्दा दर्ता गरेको छ ।
https://youtu.be/7V9HdSbXa40