चीनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

६ दिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।
विहीवार चीनको ग्रेट हल अफ पिपुलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलाई चीनले विशेष राजकीय सम्मान दिएको हो ।
ओलीलाई गार्ड अफ अनर प्रदान गर्दा चिनियाँ प्रधानमन्त्री लि खछ्याङको उपस्थिति थियो ।
गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले समकक्षीसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com