न्यूजिल्याण्डकी प्रधानमन्त्रीले छोरी जन्माइन्


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डनले छोरीलाई जन्म दिएकी छिन् । यो उनको पहिलो सन्तान हो । उनको छोरीको तौल करीब साढे तीन केजी छ ।

प्रधानमन्त्री जसिन्दा आर्डन, ३७ वर्षकी भईन् । उनी निर्वाचित भएर आफ्नो कार्यभार सम्हालेको बेलामा सन्तान जन्माउने विश्वको दोस्रो नेत्री हुन् ।

उनलाई अकल्याण्डको अस्पतालमा आज बिहान भर्ना गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधनामन्त्रीले आफ्नो पदीय जिम्मेवारी केही समयको लागि उपप्रधानमन्त्री विन्स्टन पिटर्सलाई सुम्पेकी छिन् ।

उनी छ हप्ता प्रसूती बिदामा बस्नेछिन् ।

उनी सन् २०१७ को अक्टोबरमा निर्वाचित भएकी थिईन् र आफू गर्भवती भएको कुरा गत जनवरीमा सार्वजनिक गरेकी थिईन् ।

‘म धेरै प्रकारका कामहरू र भूमिका निर्वाह गर्ने पहिलो महिला होइन । म काम पनि गर्ने र बच्चा पनि जन्माउने पहिलो महिला पनि होइन । म भन्दा अगाडि धेरै महिलाहरुले यो काम गरिसकेका छन्’, उनले केही समय अघि त्यहाँको रेडियो अन्तरवार्तामा भनेकी थिईन् ।

उनी सन् १८५६ यताको सबैभन्दा कम उमेरकी न्यूजिल्याण्डकी प्रधानमन्त्री हुन् । सन् १९९० मा बेनाजिर भुट्टोले आफू प्रधानमन्त्री हुँदा छोरी जन्माएकी थिईन् । प्रधानमन्त्रीको पद सम्हालेको बेला आमा बन्ने उनी पहिलो निर्वाचित राष्ट्राध्यक्ष हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com