अब शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी अनिवार्य गरिने


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

रोशन श्रेष्ठ/काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा महिला प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाउने भएको छ । हाल दुवै प्रहरी संगठनबाट न्यून मात्रामा महिला प्रहरी पठाइने गरेकोमा दुई वर्षपछि अर्थात् सन् २०२० सम्म २० प्रतिशत अनिवार्य रूपमा पठाउनुपर्नेछ ।

राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको दोस्रो सम्मेलन–२०१८ मा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसंघका उच्च अधिकारीसँगको भेटमा सन् २०२० सम्म २० प्रतिशत महिला प्रहरी पठाउने प्रतिबद्धतासमेत जनाएका छन् । शान्ति मिसनमा महिला प्रहरीको संख्या बढाउने राष्ट्रसंघको नीति नै हो ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसन हेर्ने उपमहासचिव जिन पेरे लाक्रोइस, प्रहरी विभागका प्रमुख सल्लाहकार लुइस हारिहो, कानुनी शासन हेर्ने उपमहासचिव अजेक्जेन्डर जोयुभ, प्रहरी उपप्रमुख साओवेन याङ र छनोट महाशाखाका प्रमुख यता यनिगुनलगायतका अधिकारीसँग भेटमा महानिरीक्षकद्वयले सो प्रतिबद्धता जनाएकाे राजधानी दैनिकमा समाचार छ ।

हाल नेपाल प्रहरीको जनशक्ति ७५ हजार बढी र सशस्त्र प्रहरी बलको ३७ हजार ११९ रहेको छ । यसमा महिला प्रहरीको संख्या भने अति न्यून रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com