प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता सम्पन्न


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता सम्पन्न भएको छ ।
चिनिया कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि र ओलीबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको थियो । भेटवार्तामा गर्नुअघि प्रधानमन्त्री ओलीले तियानमेन स्वायरमा रहेको सहिद स्मारकमा माल्यार्पण गर्नुभएको थियो ।

१ घण्टा सम्म चलेको भेटवार्तामा राष्ट्रपति सि ले नेपालको विकास र सम्मृद्धिकालागि सहयोग गर्ने  बचनवद्धता ब्यक्त गनुभएको छ । कार्यक्रमा नेपालको विकासमा चिनले खेल्नुपर्ने भुमिका र नेपाललाई सधै चिनको साथ रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रधामन्त्री ओलीको यस पटकको भ्रमणले छिमेकी मुलुक चिन संगको मित्रतामा थप प्रगाढ हुनुका साथै नेपालको समृद्धिमा थप टेवा पुग्ने राजनैतिक सल्लाहकार विष्णु रिमालले बताउनुभयो । त्यसक्रमा चिनिया सेनाले प्रधानमन्त्रीको सम्मानमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com