कोरियामा एक नेपालीको मृत्यु


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

काठमाडौं – दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।

राई मोरङको बेलबारी लक्ष्मीमार्गका बासिन्दा हुन् । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

दाना पकाउने भाँडामा ग्यास ओभर भएपछि पड्किँदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले पोलेर घाइते भएका थिए ।

सोमबार बिहान घटना भएपछि तुरुन्तै भुसान अस्पताल लगिए पनि राति दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राई इपीएसमार्फत तीन बर्ष अघि कोरिया गएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com