जीवनको अन्तिम शब्द यसो भन्दै विदाई भए डाक्टर देवकोटा


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

काठमाडौं । सबैभन्दा जटिल र भयवह मानिने पित्तनलीको क्यान्सर फोक्सोसम्मै फैलिएर स्वर्गारोहण भएका वरिष्ठ डाक्टर उपेन्द्र देवकोटाले उनको जिवनको अन्त्यमा केही भन्दै बिदा भए । जुन शब्द थियो ‘यो भन्दा अगाडीको यात्रा मलाई एक्लै गर्न देऊ’ हो गम्भीर रोगले सताईरहेको समय साथै उनको निर्जीव शरिरको उतरार्दमा उनले यस्तो भनेका थिए ।

यसो भनिरहँदा देवकोटाको महत्वपूर्ण अंगको कार्य घटिरहेको थियो, जो त्यहाँ उपस्थित सबैले महसुस गरिरहेका थिए। शनिबार राति स्वर्गीय देवकोटाले आफन्त र परिवारलाई बोलाएर भने, “योभन्दा अगाडिको यात्रा एक्लै गर्न देऊ, म अब थप दुःख सहन सक्दिनँ ।”

सबैभन्दा जटिल र भयवह मानिने पित्तनलीको क्यान्सर फोक्सोसम्मै फैलिसकेको थियो। क्यान्सरको दुःखाइ कम गर्न दिइने औषधिले निकै गलाइसकेको थियो। त्यसमा पनि केही दिनदेखि मिर्गौलाले पनि काम गर्न छोडेपनि डाइलासिस भइरहेको थियो। दक्षीण एसियाकै अब्बल र चर्चित न्यूरो सर्जन ६५ वर्षे डा:उपेन्द्र देवकोटालाई न परिवारले आत्मबल बढाउँने नाममा उपचारबारे कुनै सत्यता लुकाउन सक्थे, न उनी नै अवस्थाबारे अनविज्ञ थिए। एक चिकित्सकका अनुसार डा: देवकोटाले परिवारसँग अब थप उपचार नगर्न आग्रह स्वरुप यस्तो कुरा गरेका थिए।

देवकोटाको त्यो इच्छासँगै चिकित्सक र परिवारले कडा औषधिहरु बन्द गरेर केवल सहज निद्रा र आरामको लागि सहयोगी हुने औषधिमात्रै दिइरहेका थिए। विस्तारै खस्किरहेको रक्ताचाप, धड्कन र चेतनाले सोमबार साँझ ५ ३५ मा सदाका लागि शरीर छाड्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नागरिक दैनिकबाट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com