नफेरिने भो कक्षा ११ र १२ को पाठ्यक्रम


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

यो वर्ष कक्षा ११ र १२ पाठ्यक्रम परिवर्तन नहुने भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषद्को सोमबार बसेको बैठकले यो वर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो ।

समाचारका अनुसार निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाज लगायतका निकायले हचुवाको भरमा ल्याएको नयाँ पाठ्यक्रम लागु हुन नदिने दबाब दिएरपछि अन्तिम समयमा आएर परिवर्तन नगर्ने निर्णय गरेको हो ।

हिसानले प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार विष्णु रिमाल र शिक्षा सचिव खगराज बराललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए । हिसानका महासचिव लगायत पदाधिकारीले प्रधानमन्त्री कार्यालयमै गएर सुझाव दिएका थिए । हिसानले विना अध्ययन नयाँ पाठ्यक्रम लागु गर्न लागेकोमा विरोध जनाएका थिए । उनीहरूले छलफल गरेर अर्को वर्षदेखि लागु गर्न सुझाव दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com