अष्ट्रेलियाको भिसा रिजेक्ट हुनबाट बच्न, भिसा एप्लिकेसन दिंदा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

अष्ट्रेलियाको इमिग्रेसन डिपार्टमेन्टमा बर्षेनी हजारौं भिसा आवेदनहरु आउने गर्छन् । धेरैजसो आवेदनहरू सफल भएपनि केहि आवेदनहरू “रिजेक्ट“ हुन्छन् । केही आवेदनहरुमा झुठा विवरण पेश भएको भेटिनाले रिजेक्ट हुन्छन् । साना–साना गल्तीहरुले गर्दा पनि कहिलेकाहीं भिसा आवेदन रेजेक्ट हुन्छन् ।

तर केही कुराहरुलाई विशेष ध्यान दिन सकियो भने मात्र पनि भिसा आवेदन सफल हुन सक्छ ।

१. आवेदनमा उल्लेख भएका प्रमाणहरु

प्रमाणहरु आवेदनमा महत्वपूर्ण हुन्छन् । सम्बन्धरु कागजी रुपमा प्रमाणित गरिएको हुनुपर्छ । योग्यता र काम गरेको अनुभवका पर्याप्त प्रमाणहरु पेश गर्नुपर्छ । स्वरोजगारको सन्दर्भमा, तेस्रो पक्षको कागजातहरुको महत्वपूर्ण भूमिका हुन्छ । निजी क्षेत्रका प्रमाणपत्रहरु भन्दा सरकारी प्रमाणपत्रहरु बढी विश्वसनीय मानिन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैंक रेकर्डस , कर विवरण र कार्य अनुभवसंगै तलब बुझेका प्रमाणपत्रहरु बुझाउनुपर्दछ । बिजनेस भिसाको लागि, तपाईसंग पर्याप्त पैसा भएको प्रमाण दिनुपर्छ । अरुको नाममा रहेको पैसा वा सम्पत्ति पेश गर्नु हुँदैन ।

सम्बन्ध प्रमाणित गर्नको लागि बैंकको संयुक्त खाता, संगै बिदा मनाएका तस्बिरहरु बलिया प्रमाण बन्न सक्छन् ।

२. एकरुपता

आवेदनमा उल्लेख गरिएका कुराहरुमा “क्रस चेक“ हुनसक्छ । त्यसैले उल्लेख गरिएका कुराहरुमा एकरुपता हुनुपर्छ । एकरुपता नभएको खण्डमा कानूनी प्रक्रियाद्वारा आफूलाई सहि प्रमाणित गर्नुपर्ने हुनसक्छ ।

३. शुद्धता

कहिलेकाहीं साना साना गल्तीहरुले पनि आवेदन असफल हुनसक्छ । यसको लागि प्रत्येक सानो कुरामा समेत ध्यान दिनुपर्छ । आवेदनमा उल्लेख गर्ने जन्म मिति, विवाह मिति, काम गरेको वर्ष, इमेल अकाउन्ट प्रत्येक कुराहरु पेश गर्नुअघि आफैले रुजु गर्नुपर्छ ।

४. इमान्दारिता

आवेदन, प्रमाणपत्रहरु पेश गर्दा इमान्दार रहनुपर्छ । केही कुरामा झुठो विवरण, झुठो प्रमाणपत्र भेटिएमा भिसा आवेदनको लागि १० वर्षसम्म अयोग्य ठहरिन सकिन्छ । आफ्नो नराम्रो छाप नबसोस् भनेर सधै सतर्क रहनुपर्छ ।

५. व्यवस्थित

व्यस्थित रहनु जरुरि छ । प्रमाणपत्रहरु पेश गर्दा, प्रत्येक कुराहरुलाई महत्व दिएर पेश गरिनुपर्छ । भाषा अनुवाद गरेका प्रमाणपत्रहरु पेश गर्दा, ओरिजिनल सर्टि्फिकेट पनि संगै पेश गर्नुपर्छ शब्दहरु बुझ्नको लागि सरल हुनुपर्छ । डिजिटल प्रमाणपत्रहरुमा प्रत्येकमा नाम सहित पेश गर्नुपर्छ ।

६. सामाजमा रहेको छवि र सामाजिक संजालको प्रयोग

सामाजिक र सामाजिक संजालमा सामाजिक रेकर्ड र प्रोफाइल चेक हुन सक्छ । त्यस्तै शैक्षिक योग्यता लिएको, तालिम लिएको संस्थाहरुको बारेमा पनि इमिग्रेसनले अनुसन्धान गर्न सक्छ । सम्बन्ध प्रमाणित गर्दा फोटोसप गरेर बनाएका फोटोहरु पेश गर्नुहुँदैन ।

७. समय र म्याद

समय र दिइएको म्यादलाई ध्यान दिनुपर्छ । प्रमाणपत्र पेश गर्दा कुनै पनि प्रमाणपत्र समय र म्यादभन्दा पछि पेश गर्नुहुँदैन । यसले गर्दा पूरा आवेदन रिजेक्ट हुनसक्छ ।

८. विस्तृत विवरणमा ध्यान

दिइएको निर्देशनहरु विस्तृतमा पढ्नुपर्छ । प्रत्येक हेडलाइन संगै दिएको विवरणमा ध्यान दिनुपर्छ । हेडलाइन मात्र पढेर दिएको विवरणमा गल्ती हुन सक्छ ।

९. सहि भिसा छनोट

भिसाको बारेमा पहिल्यै राम्रोसंग जानकारी लिनुपर्छ । कति प्रकारका भिसा छन् र आफू केको लागि जाने ? त्यसमा ध्यान पुर्याउनुपर्छ । आफू जान लागेको भिसाको नियमहरु, उपयोगिता आदिको बारेमा पूर्ण रुपमा जानकार हुनुपर्छ ।

१०. माइग्रेसन एजेन्टको सहयोग

माइग्रेसन एजेन्टको सहयोगले भिसा आवेदन दिने काममा सहयोग हुनुको साथै काम छिटो छरितो हुनसक्छ । तर एजेन्टको सहयोग लिंदा रजिस्टर्ड एजेन्टको मात्र सहयोग लिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com