पत्रकार कविता खड्का पुरस्कृत
प्रकाशित मिति : असार ५, २०७५ मंगलबार
महिला खबर–
पत्रकार कविता खड्का पुरस्कृत भएकी छिन् । खड्का नेपाल पत्रकार महासंघकी संस्थापक सदस्य स्व. विन्दु देवी पाण्डेको स्मृतिमा स्थापित ‘महिला पत्रकारिता पुरस्कार २०७५’ बाट पुरस्कृत भएकी हुन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान र वरिष्ठ पत्रकार जगदिश शर्माले संयुक्त रुपमा ११ हजार रुपैयाँको चेक र सम्मान पत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले मिडिया सञ्चालकहरुको श्रम शोषणका कारण अहिले सञ्चारमाध्यममा पत्रकार महिलाको कमी देखिएको बताए । सोही कमीलाई पुरा गर्न निकट भविष्य मै नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिले श्रमजीवी पत्रकार र महिला पत्रकारहरुका निम्ति कार्यक्रमहरु ल्याउन लागेको उनले बताए ।
खड्का पत्रकार महिलाहरुकै सक्रियतामा पर्साबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाकी सम्पादक हुन् ।
२ वर्ष अगाडी पर्सा जिल्लाका पत्रकार महिलाहरुको सहभागितामा उनले पत्रिका प्रकाशन सुरु गरेकी थिईन् ।
उनी यसअघि ८ वर्षदेखी वीरगंजको सामुदायिक रेडियो नारायणी एफ.एम.मा महिला कै विषयमा रेडियो कार्यक्रम चलाउँदै आएकी थिईन् ।





