कुदाउँदै गरेको मोटरसाइकलमा आफै आगो लागेपछि‍…


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

मोरङ – कुदाउँदै गरेको मोटरसाइकल अचानक आफै आगलागी भयो भनेर सुन्नु भयो भने तपाईँलाई पत्यार नलाग्न सक्छ ।

तर कहिलेकाहीँ हामीले सोच्दै नसोचेको घटना हुन पुग्छ । त्यस्तै घटना सोमबार दिउसो कानेपोखरी गाँउपालिका ४ बस्ने २८ वर्षीय राजकुमार खत्रीले कुदाउँदै गरेको मोटरसाइकलमा भएको छ । अचानक आगलागी भएर मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।

खत्रीले कुदाउँदै गरेको को १९ प ७३७७ नम्बारको निलो रङ्गको १८५ सीसीको मोटरसाइकलमा अचानक आफै आगलागी भएको थियो । खत्रीले मोरङको भाउन्ने पेट्रोल पम्पमा पेट्रोल हालेर दुई मिटर अगाडि पुग्दा मोटरसाइकलमा आगलागी भएको डाँगीहाटका प्रहरी इन्चार्ज नारायण प्रधानले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com