नेपाल र जापानबीच भएको हवाई सम्झौता २५ वर्षपछि नवीकरण,हप्ताको १४ वटा उडान भर्न पाउने


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

अर्जुन पोख्रेल

नेपाल र जापानबीच भएको हवाई सम्झौता २५ वर्षपछि नवीकरण भएको छ ।

सन् १९९३ पछि आज जापानमा भएको सम्झौता अनुसार नेपाली विमानले अब जापानको हानेडा विमानस्थलबाहेक अरु सबै विमानस्थलमा हप्ताको १४ वटा उडान भर्न पाउनेछन् । संस्कृति पर्यटन तथा नागरिक उड्यन सचिव कृष्ण देवकोटा र जापानी उच्च अधिकारीबीच सोमबार भएको सम्झौता अनुसार नेपालले हप्तामा १४ वटा उडान गर्न पाउने छ । १४ वटा भन्दा भन्दा धेरै उडान नहुने गरी दिनमा ३ वटासम्म पनि नेपालले जापानमा उडान गर्न पाउनेछ ।

सन् १९९३ मा भएको सम्झौता अनुसार नेपालले जापानको ओसाकामा हप्तामा २ वटा उडान गर्न पाउने सम्झौता भएको थियो । त्यतिबेला बोइङ ७२७ र ७५७ मोडलका विमान मात्रै उडान गर्न पाइने भए पनि आजको सम्झौतापछि भने नेपालले जुनसुकै विमान पनि जापानमा उडान गर्न सक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल वायुसेवा निगमले यसै महिना ल्याउने नयाँ जहाजले अब जापानमा पनि उडान गर्न पाउनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com