मेलम्चीको पानी अझै अनिश्चित !


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

‘मेलम्चीको पानी कहिले आउला ?’ दशकौं देखिको जिज्ञास हो यो । सरकार बेलाबेलामा यसको मिति सार्वजनिक गर्छ । तर, पटकपटकको मिति गुर्जादा पनि मेलम्चीको पानी उपत्यकामा आएको छैन् । अझै, कति समय लाग्ने हो, यसको किटान सरकारसँग छैन्।

तर, मेलम्चीको पानी सुन्दरजलमा खसेको खण्डमा भने उपत्यकामा पानी साता दिनभित्रै पुग्ने निश्चित भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले त्यसको लागि सबै काम सम्पन्न गरिसकेको छ ।

निर्देशनलयले पाइपलाइन ओछ्याउने काम सपन्नसँगै वितरणलाइनको पाइप परीक्षण समेत थालेको छ । परिक्षण थाल्नु भनेको पानी वितरणको लागि तयार हुनु हो ।मेलम्चीको पानी सुन्दरीजलमा आउनसाथ उपत्यकाबासीलाई वितरण गर्ने तयारी साथ धमाधम काम भइरहेको निर्देशनालयका निर्देशक तिरेश खत्रीले बताए ।

मेलम्चीको पानी सुन्दरीजल खस्ने बित्तिकै उपत्यकाबासीको घर–घरमा पानी वितरण गर्नेछौं,’ उनले भने, ‘अहिले सुन्दरीजलबाट पानी ल्याएर पाइप सरसफाई गरिरहेका छौं ।’ निर्देशनालयका अनुसार बिछ्याइएको पाइपमा लिकेज तथा प्रेसर परीक्षणको काम भइराखेको छ ।निर्देशनालयले पहिलेको योजनाअनुसार उपत्यकामा वितरण सञ्जालको लागि ६ सय ७० किलोमिटर र थोक वितरण प्रणालीअन्तर्गत ७७ किलोमिटर पाइप ओछ्याइसकेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com