पिउने पानीमा पनि कालोबजारी सुरु !


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

कालिकोट । बजारमा पाइने खाद्य वस्तुमा कालोबजारी भइरहेका बेला कालिकोटको सदरमुकाम मान्म खाडाँचक्रमा पिउने पानीमा समेत कालोबजारी भएको पाइएको छ ।

खाँडाचक्र नगरपालिका–१ स्थित वजारमा पिउने पानी अभावको मौका छोपी पहुचवालाले खानेपानीको ट्याकीवाटै सिधै पानीका पाइप जडान गरेर घरघरमा जोडेको भेटिएपछि पहुचवालाको पानीमा कालोबजारी खुलेको हो ।

खानेपानी कार्यालयले पनि वार्षिक ६० हजार महशुल मोलमोलाई गरेर पानीका लाइनहरु वजारका ठुला होटल र घरमा दिएर कालोवजारी गरेको पाईएको हो । वजारमा पानीको हाहाकार भएका बेला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयमा रहेको धारामा पानी लिन गएका किसोरी मार्फत सो कुरा खुलेको जनाउँदै अाजकाे राजधानी दैनिकमा प्रेमराज सिम्खाडाले लेखेका छन् ।

कार्यालयका सहयागीले अरुले ६० हजार तिरेर पानीका लाइन लगेका छन, तिमिहरु पनि यसरी खानेपानीका लाइनहरू पैसा तिरेर लेउ भनेपछि कार्यालय र पहुचवालाहरुले पिउने पानीमा गरेको कालावजारी बाहिर आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com