यूएईमा नेपाली महिलाद्धारा आत्महत्या


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् ।

इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । आजको कान्तिपुर दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

उनी आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसँगै कार्यरत नेपाली महिलाले बताइन् ।

समाचारमा लेखिएको छ, उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com