ममताका श्रीमान पक्राउ


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

महिला खबर–

छोरा नपाएको निहुँमा सुत्केरी श्रीमतीलाई कुटपिट गर्दै घर निकाला गर्ने सिराहाका प्रकाश मरिक पक्राउ परेका छन् । सिराहाको गोलबजारस्थित मुसानियाका प्रकाशले १३ वर्षीया श्रीमती ममता मरिकलाई छोरी जन्माएको भन्दै कुटपिट गरी घर निकाला गरेका थिए ।

अधिवक्ता शशी बस्नेत, विष्णु पौडेल लगायत सात जनाले ममताका श्रीमान प्रकाश मरिक र प्रकाश मरिकबाट रकम लिएर ममताको विवाह गरिदिने उदयपुरको आम्बासीकी ममताकी फुपू ललिता मरिक विरुद्ध बाल विवाह, बहुविवाह, जबरजस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इलाका प्रहरी कार्यालयले जाहेरीको आधारमा शनिबार राती नै ममताका श्रीमान प्रकाश मरिकलाई पक्राउ गरिएको जानकारी दिएको छ ।पक्राउ परेका प्रकाशलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका सई रामकृष्ण चौधरीले महिला खबरलाई जानकारी दिए । उनले भने, ‘प्रकाश मरिकको आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेर म्याद थप गरिएको छ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com