राष्ट्रिय सभा अध्यक्षलाई ६ र उपाध्यक्षलाई ४ वर्षको चिठ्ठा


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

राष्ट्रिय सभाका सदस्यको पदावधिका लागि अहिले संसद भवन नयाँ बानेश्वरमा गोलाप्रथा चलिरहेको छ। प्रदेशगत रूपमा विजयी भएका ५६ र राष्ट्रपतिबाट मनोनित ३ जना सदस्यको पदावधिका लागि गोलाप्रथा भएको हो।

गोलाबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाको पदावधि छ वर्ष भएको छ भने उपाध्यक्ष शशिकला दाहाललाई पनि ४ वर्षको चिठ्ठा परेको छ।

त्यस्तै गायिकासमेत रहेकी राष्ट्रिय सभा सदस्य कोमल वली ४ वर्ष राष्ट्रिय सभा सदस्य हुने भएकी छन्।

वलीले तानेको गोलामा कार्यकाल ४ वर्षको लेखिएको छ।

संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ। उनीहरूको पदावधी गोलाप्रथाबाट टुङ्गो लगाउने व्यवस्था संविधानमा गरिएको छ।

राष्ट्रियसभाको नियमावली मस्यौदा समितिले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै गोलाप्रथा गर्ने सहमति जुटाएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com