धुमधामका साथ अमेरिकामा छठ


प्रकाशित मिति : कार्तिक २२, २०७३ सोमबार

अमेरिकामा बस्ने नेपाली तराईबासीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईयन इन अमेरिका ग्रेटर न्युयोर्कको अग्रसरतामा अमेरिकामा रहेका मधेशीहरुले औपचारिक रूपमै महान पर्व छठ मनाएका छन् ।  अमेरिकाको न्युजर्सीमा   धुमधामका साथ छठ मनाइएको हो ।

डाक्टर उपेन्द्र कर्णको विशेष सहयोगमा मनाइएको छठमा पेन्सलभेनिया , न्यु जर्सी , डेलवर , न्यूयार्क र  वासिगटन डि सी ,टेक्सास राज्यका मधेसीहरुको बाक्लो उपस्थिति थियो । छठमा नेपाली राजदूतवासका कन्सुलर  पुष्पराज भट्टराई लगायत अमेरिकाका  बिभिन्न राज्यमा रहेको मधेशी बुद्धिजिवीहरू उपस्थीत थिए । त्यस्तै एन्टा बोर्डका केन्द्रीय अध्यक्ष डाक्टर चक्रधर मिश्र,एन्टा का संस्थापक अध्यक्ष रतन झा  , वुद्धीजिवी डाक्टर सुबोध मल्लिक , अन्यपुर्णा देव , अरविन्द झा , नारायन देव , अरविन्द सिह ,डाक्टर  कौशल झा , सतिस मल्लिक , डाक्टर मुकेश झा , लक्ष्मण महतो लगायतको   उपस्थिती थियो ।

कार्यक्रम संथाका अध्यक्ष सुभाष कुमार बैठाको संयोकत्वमा भएको थियो । कार्यक्रममा एकअर्काले छठको शुभकामना दिनुका साथै मन्तब्य व्यक्त गरेका थिए ।   छठबारे रामबिनोद पन्डित र मनीष सिंह ले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा  रन्धिर शर्माले सबैलाई मन्तब्यमार्फत स्वागत गनुभयो भने   मात्रिका गुप्ताले धन्यवाद दिनुभएको थियो ।

chhath-usa

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com