Follow @khasokhasmag

एसईई नतिजा असार १० भित्रै, प्राविधिकको पनि एकै पटक नतिजा सार्वजनिक हुने


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो ।

यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने तयारी पनिकाले जनाएको छ । प्राविधिक धार अन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

पनिकाले यो वर्ष आइभीआर, एसएमएस र वेवसाइटमार्फत परीक्षाफल हेर्ने व्यवस्था गरेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com