समाज अरुण तेस्रोको सुरुङमा फसेका चार जनाको ३९ घण्टापछि यसरी गरियो उद्दार, भिडियो
प्रकाशित मिति : असार ३, २०७५ आईतबार
राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रोको निमार्ण स्थल मकालु गाँउपालिका फ्याक्सिन्दामा निर्माणधीन अरुण तेश्रोको ड्याम साइडको सुरुङमा फसेका चारजनाको ३९ घण्टापछि जीवितै उद्दार गरिएको छ। शुक्रबार राति करिब ८:४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दामा पहिरो खस्दा उनीहरू सुरुङभित्र फसेका थिए।
त्यसरी सुरुङको मुखमा पहिरो जाँदा भित्रै फस्नेमा कामदारहरू ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका ९ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत बिहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोरको जीवितै उद्दार गरिएको संखुवासभा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम सारु मगरले जानकारी दिए।
उद्दार टोलीलाई शुक्रबार खसेको पहिरो नरोकिँदा र लगातार वर्षा भइरहँदा उद्दारमा समस्या आएको थियो। सुरुङमार्गमा फसेकाहरूको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी चार स्काभेटरसहित खटिएका थिए। उनीहरूले शनिबार दिनभर पहिरो पन्छाएका थिए। आइतबार पनि स्काभेटर र सुरक्षाकर्मीले निरन्तर पहिरो पन्छाएपछि फसेकालाई निकाल्न सफलता मिलेको हो। उनीहरूलाई आइतबार बिहान साढे ११ बजे जीवित उद्दार गरिएको हो।





