बलियो जर्मनीलाई मेक्सिकोको डर


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

साविक विश्व च्याम्पियन जर्मनी आइतबार मेक्सिकोविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गर्दै छ। जर्मनीलाई आफ्नो साविक विजेताको छवि कायमै गर्न पनि जित निकाल्नु पर्ने छ। बलियो इतिहास बोकेको जर्मनीले विश्वकप अघिका मैत्रिपूर्ण खेलमा त्यति ठुलो प्रभाव नपारेकाले मेक्सिकोले चुनौती दिन सक्ने आँकलन गरिएको छ। जर्मनी मेक्सिकोसँग विश्वकपमा पराजित भएको छैन्।

जर्मनी र मेक्सिकोले सबै खाले प्रतियोगितामा गरेका ११ भिडन्तमा एकपटक मात्र मेक्सिकोले जर्मनीलाई हराएको छ। पछिल्लो पटक यी दुई टिमबीचको भेट गत समरमा कन्फिडिरेसन कपका दौरान भएको थियो। जहाँ जर्मनीले ४-१ ले जितेको थियो। जर्मनीले पछिल्ला ६८ खेलमा ५ खेलमा मात्र पराजय ब्योहोरेको छ। जर्मनीले विश्वकप प्रवेशका लागि भएको छनोटमा १० खेलमा १० वटामानै जित हासिल गरेको थियो। जर्मनीले १९८२ मा अल्जेरियासँग पराजित भएयता विश्वकपको उद्घाटन खेलमा पराजित हुनु परेको छैन।

त्यस्तै मेक्सिको पनि १९९४ मा नर्वेसँग उदघाटन खेलमा पराजित भएयता अपराजित रहेको छ। जर्मनीका प्रशिक्षक जोचिम लोले मेक्सिकोविरुद्धको उदघाटन खेलमा जर्मनी दबाबमा नहुने बताएका छन्। उनले जर्मनीले जुनसुकै टिम भएपनि आफ्नो नियमित खेल खेल्ने भएकाले उदघाटनमा कुनै समस्या नभएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै मेक्सिकोका प्रशिक्षक जुवान ओसोरियाले विश्वकपको उदघाटनमा जर्मनीविरुद्धको खेललाई लिएर मेक्सिकोले कुनै नयाँ र खास योजना नबनाएको बताए। उनले मेक्सिको उदघाटन खेलका लागि सबैकुरामा तयार भएकाले जर्मनी राम्रो टिम भए पनि मेक्सिकोले हराउन सक्ने तागत राख्ने बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com