उदाहरणीय प्रेम : तीजमा श्रीमतीको दिर्घायुको लागि व्रत बस्छन् किरण के.सी


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

नेपाली हाँस्यव्यंग्यको क्षेत्रमा कलाकार किरण के.सी लोकप्रिय कलाकार हुन् । सानो पर्दा हुँदै उनी ठूलो पर्दामा समेत निर्माण तथा कलाकारिता लागेका छन् ।

किरण के,सीकी श्रीमती गृहिणी हुन् । किरण के.सी श्रीमतीले सम्पूर्ण घर परिवार सम्हालेकोमा उनीपप्रती गर्व गर्छन् । यो जोडीका अनुसार, नबोली बस्ने गरि आजसम्म उनीहरुको झगडा परेको छैन । किरण के.सीकी श्रीमतीले उनको कामलाई बुझेकी छिन् । श्रीमानको कुनै नराम्रो बानी बाहिरि सम्बन्धको बारेमा कहिल्यै पनि शंका नलाग्ने उनी बताउँछिन् । किरण के.सीले श्रीमती सम्मान, माया गर्छन् र साथै आफ्नो सफलताको श्रेय पनि दिन्छन् ।

किरण के.सी साउन महिनामा र तीजको व्रत बस्ने गर्छन् । उनका अनुसार, उनी श्रीमतीको सुस्वास्थ्य र दिर्घ जीवनको कामना गर्दै व्रत बस्ने गरेका हुन् । उनी भन्छन् , ‘ उनले मेरो स्वास्थ्य र दिर्घ जीवनको लागि पूजा गर्ने र व्रत बस्ने गर्ने । अनि, उनको दिर्घायुको लागि चाहि को व्रत बस्ने ? पक्कै म नै व्रत बस्नुपर्छ, उनको लागि ‘।

भिडियो :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com