बलत्कारकारी ‘स्याल डन’ लाई छुटाउन काँग्रेस नेता थापाको लगातार प्रहरीलाई दवाव


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

संसदमा चर्को स्वरमा सरकारको आलोचना गर्ने र व्यवहारमा गुण्डागर्दीलाई संरक्षण गर्ने नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले काठमाडौंको दरवारमार्गस्थित होटल उडल्याण्डमा भएको बलात्कार काण्ड सहमतिमा मिलाउन प्रहरीलाई दवाव दिएको खुलेको छ ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी स्रोतका अनुसार तरुण दल काभ्रेका अध्यक्ष, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि संविज लामा उर्फ ‘स्याल’ ले एक युवतीलाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले कारवाही प्रक्रिया अघि बढाएपछि कांग्रेसका युवा नेता थापाले सहमतिमा केस मिलाउन दवाव दिएका हुन् ।

पीडित युवतीको उजुरीका आधारमा पक्राउ परेका लामालाई युवतीसँग सहमति गरी बलात्कारमा संलग्न लामालाई रिहा गर्न दवाव दिएका छन् ।

काठमाडौंको दरवारमार्गको चर्चित उडल्याण्ड होटल परिसरमा लामाले सञ्चालन गरेको नोला लाउन्ज एण्ड बारमा काम गर्ने युवतीलाई सोमबार राति ३ बजे बलात्कार गरेका थिए । घटना भएको ३ दिनपछि युवतीले बलात्कारको उजुरी महानगरीय प्रहरी बृत्त दरबारमार्गमा दर्ता गरेपछि प्रहरीले लामालाई पक्राउ गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको थियो । नेपाली कांग्रेस, काभ्रेका प्रभावशाली नेताका रुपमा समेत रहेका लामा पक्राउ परेपछि सो पार्टीले प्रहरीलाई रिहा गर्न चर्को दवाव दिएको बुझिएको छ ।

दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्ललाई कांग्रेस नेता थापाले पटक पटक टेलिफोन गरी रिहा गर्न दवाव दिएको प्रहरी सूत्रले जनाएको छ । प्रहरी सुत्रका अनुसार थापासहित अन्य केही नेताहरुले पनि प्रहरीको माथिल्लो तथा तल्लो निकायलाई रिहा गर्न दवाव दिइरहेका छन् दृष्टि साप्ताहिकले लेखेकाे छ ।

काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा यसअघि करिब २० वर्ष पहिले पनि एक युवतीको शंकास्पद मृत्यु भएको थियो । हरिलाल श्रेष्ठ सञ्चालक रहेको उडल्याण्ड होटलकै स्वीमिङ पुलमा सोही होटलमा काम गर्ने युवतीको हत्या गरी स्वीमिङ पुलमा शव फालेर पानीमा डुबेर मृत्यु भएको कागजात तयार गरिएको थियो ।

यस पटक सोही होलटमा स्थापना गरिएको बारमा युवतीलाई दिन दहाडै बलात्कार हुँदा समेत प्रमुख प्रतिपक्ष दलका नेताहरुले रिहा गर्न प्रहरीलाई चर्को दवाव दिएर अपराधीलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ । प्रहरी तथा सरकारले भने बलात्कारीलाई कुनै पनि हालतमा नछोड्ने दृढता व्यक्त गरेको छ ।

यता गगन थापाकाे निजि स्राेतले बताइए अनुसार अाफुले कसैलार्इ फाेन नगरेकाे दाबि गरेका छ । स्रेातका अनुसार कसैले अाफ्नाे चरित्रहत्या गर्न खाेजेकाे हुन सक्ने बताएकाे छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com