अझै दुई दिनसम्म हिलोसहितको पानी पर्ने , पानी प्रयोग नगर्न डाक्टरको सुझाव


प्रकाशित मिति : असार २, २०७५ शनिबार

शुक्रबार राती परेको हिलोसहितको आकाशे पानी प्रयोग नगर्न डाक्टरले सुझाव दिएका छन् ।

अत्याधिक फोहोर र धुलो भएका कारण आकाशबाट परेको पानीले स्वास्थ्यमा असर गर्ने भएकाले प्रयोग गर्न नगर्न डाक्टरले सुझाव दिएका हुन् ।

पानीमा विभिन्न रोगका किटाणु समेत हुनसक्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । यस्तो पानी प्रयोग गर्दा शरीरमा एलर्जी हुने र झाडापखाला लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

भारतको राजस्थान हुँदै नेपाल प्रवेश गरेको वायुमा फोहोर र धुलो धेरै रहेकाले लेदो सहितको पानी परेको मौसमविद्ले जनाएका छन् । अझै दुई दिनसम्म हिलोसहितको पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलमा भारतबाट आएको धुवाँ र धुलोको मात्रा धेरै रहेकाले अझै एक दुई दिनसम्म यो क्रम चलिरहने सम्भावना छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com