नेकपाका सांसदलाई बजेटको विरोध नगर्न प्रधानमन्त्रीको निर्देशन


प्रकाशित मिति : असार २, २०७५ शनिबार

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सत्तारुढ सांसदहरुले बजेटको चर्को आलोचना गरेपछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक डाकेर बजेटको बचाउमा उभिन सांसदहरुलाई निर्देशन दिएका हुन् । उनले भने, विरोध मात्रै गरेर समाधान हुँदैन । सबै विरोध नै गर्नु पर्ने कार्यक्रम छैन होला ।’

उनले परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई आग्रह गरेकमा छन् । उनले बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटीहरु भविश्यमा छलफल मार्फत सच्याउँदै र थप्दै लैजान सकिने आश्वासन दिएका छन् ।

एक सांसद भने, हाम्रै सरकार छ । केही गुनासाहरु छन् भने राख्नुस् । सम्बोधनको प्रयास हुन्छ ।’

बजेट विनियोजनमाथि प्रतिनिधिसभामा जारी छलफलमा सत्तारुढ दलकै सांसदहरुले विभागीय मन्त्री र ठुला नेता हावी भएको भन्दै चर्को आलोचना गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com