Follow @khasokhasmag

ट्रेड युनियन कांग्रेसमा पौडेल–सिटौला पक्षको प्यानलै विजयी, देउवा पक्षकाे हार


प्रकाशित मिति : असार २, २०७५ शनिबार

नेपाल ट्रेड युनियन काँग्रेसमा संस्थापन पक्षइतरकाे जित भएकाे छ । शुक्रबार भएकाे मतदानबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको प्यानल विजयी भएकाे हाे । सभापति शेरबहादुर देउवा पक्षकाे भने हार भयाे ।

नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशन अन्तरगत भएकाे निर्वाचनबाट पौडेल–सिटौला पक्षका पुष्कर आचार्य अध्यक्षमा निर्वाचित भएका छन् । आचार्यले ८१८ मत ल्याउँदा उनका प्रतिस्पर्धी खिला दाहालले ५३३ मत मात्र ल्याए ।

काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर खिलाको प्यानलबाट एक जना खुल्ला सदस्य धु्रवचन्द्र गौतम मात्र विजयी भएका छन् । बाँकी १७ पदाधिकारीसहित सबै पदमा आचार्य अाचार्यकाे प्यानल नै विजयी भएकाे हाे ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव विजयी भए । उनलले ६६८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अयोध्याप्रसाद यादवले ५६७ मत ल्याए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com