नेकपाको पहिलो स्थायी कमिटी बैठक आज


प्रकाशित मिति : असार २, २०७५ शनिबार

एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकता यताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गएको जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com