इद उल फित्रमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देश


प्रकाशित मिति : असार २, २०७५ शनिबार

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनु भएको छ।

सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको नेपालमा इदुलफित्र पर्वले नेपालीहरुबीच आपसी सद्भामव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

स्थिरता र दीगो शान्तिसहित सामाजिक आर्थिक विकास मार्फत रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने इद उल फित्र पर्वको विशेष महत्व रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com