सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन लाख रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिएको सूचनाका आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकमसहित महतोलाई फेला पारेको अख्तियार बुटवलले जनाएको छ ।
वनबाट गोलिया निकासी, काठ कटानी अनुमतिका लागि सेवाग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो दुई वर्षदेखि कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com