मालपोत कार्यलयका बिचौलिया कर्मचारीको गोप्य लिस्ट तयार हुँदैछः कृषिमन्त्री


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

सरकारले मालपोत तथा नापी कार्यालयमा बिचौलियाको काम गर्ने कर्मचारीको सूची तयार गर्न लागेको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले लामो समयदेखि मालपोत तथा नापी कार्यलयमा बसी बिचौलियाको काम गर्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिस्ट तयार गर्ने काम भैरहेको बताएका छन्।

‘गलत गर्ने सबैलाई कानुनी कारबाहीको दायरामा ल्याएर मालपोत कार्यालयहरुमा आमूल सुधार गर्न लागेका छौँ’, उनले भने। त्यस्तै जग्गा प्लटिङ्गमा बिचौलैया दलाली प्रथा हटाइने उनले दावी गरे। ‘आवास योग्य जग्गा खरिद बिक्रीको लागि वैधानिक कम्पनीमार्फत हुने गरि कर प्रणालीमा लिइने छ’, उनले भने, ‘अब कोही पनि सार्वसाधरण ठगिनुपर्ने अवस्था सिर्जना हुने छैन।’

मन्त्री खनालले भूमिसम्बन्धी नयाँ नीति अउने जानकारी दिए। ‘भूमि सबै राज्यको हो, नागरिकलाई उपयोगको हिस्सा मात्र बितरण गरिएको हो’, उनले भने, ‘अब कुनै पनि नागरिक सुकुम्बासी हुनुपर्दैन। जमिनलाई नयाँ तरिकाले वर्गीकरण गरी कार्यान्वयन गर्ने काम सुरु गरिन्छ।’

उनले कृषियोग्य जमिनमा घर बनाउन नदिने दावी गरे। कृषिका लागि टुक्रे जमिन नभएर सिङ्गो चक्लाबन्दी जमिन चाहिने भन्दै उनले जथाभाबी ब्यापारिक पसल राख्ने, उद्योगहरु स्थापना गर्ने, घरघडेरी बनाउने अब्यवस्थित शहरीकरणलाई रोक्ने बताए।

आवास योग्य भूमिमा बढी कर लगाउन र कृषि प्रयोजनको लागि लिजमा भूमि लिने दिने ब्यवस्था गर्न लागको उनले जानकारी दिए। कार्यक्रममा राष्ट्रियस्तरका दलहरु, भूमिविज्ञहरु लगायतको उपस्थिति थियो ।

मालपोत तथा नापि कार्यलयहरुमा सेवाग्राहीहरुले हाल निवेदन दिँदा लामो र अप्ठ्यारा फर्म लेख्ने झन्झटबाट मुक्त गर्न ए फोर साइजको पेपरमा सजिलो भाषामा नागरिकले सिधै निबेदन दिने ब्यवस्था समेत मिलाउन लागेको जानाकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com