नेकपाको प्रथम स्थायी समिति बैठक भोलि शनिबार बस्ने


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रथम स्थायी समिति बैठक भोलि शनिबार बस्ने भएको छ। शनिबार अपरान्ह ३ बजेका लागि नेकपाको स्थायी समिति बैठक बाेलाइएकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि मुख्य चारवटा एजेन्डा तय भएकाे जनाइएकाे छ । बैठकमा महासचिवको नेतृत्वमा बनेको कार्यदलले बनाएको नियमावली अनुमोदन गर्ने तथा संगठनात्मक कामहरुको सम्बन्धमा दुबै महासचिवले ब्रिफिङ गर्ने रहेका छन् । त्यस्तै प्रधानमन्त्री अाेलीकाे यही असार ५ बाट हुन लागेकाे चीन भ्रमणबारे समेत छलफल हुनेछ ।

महासचिव विष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्ने जनाइएकाे छ । बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना समेत रहेकाे छ । नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई समेत दिइसकेकाे र आवश्यक सुझावसहित बैठकमा उपस्थित हुन भनिएको स्राेतले जानकारी गरायाे ।

नेकपा स्थायी समितिमा पूर्व माओवादी केन्द्रबाट २० र पूर्व एमालेबाट २९ जना तथा ४ जना मनाेनीत गरी ४९ सदस्य छन् ।स्थायी कमिटी बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्ने जनाइएकाे छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com