ट्रक र माइक्रो ठाेक्किँदा तीनजनाको मृत्यु


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार पानीधारामा शुक्रबार बिहान ट्रक र माइक्रोबस ठक्किँदा तीनजनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी शिव शर्मा आचार्यका अनुसार बिहान सवा सात बजे काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७६९२ नम्बरको माइक्रो बस जुधेका थिए।

दुर्घटनामा मृत्यु हुनेमा दुई महिला र एक पुरूष छन्। उनीहरूको थप विवरण नखुलेको डीएसपी आचार्यले बताए। अापसमा ठाेक्किएर ट्रक सडकबाट ५० मिटर तल त्रिशुलीको बगरमा खसेको छ। घाइतेलाई उपचारका लागि भरतपुरतर्फलगिएकाे डिएसपी आचार्यले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com