राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर, ट्रम्प भन्छन्- ‘न्यूयोर्कका फोहोरी डिमोक्र्याटकाे षड्यन्त्र’


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पसमेतलार्इ विपक्षी बनाउँदै अदालतमा मुद्दा दायर गरेकाे छ । ट्रम्प फाउन्डेसनद्वारा संचालित एउटा परोपकारी संस्थाविरूद्ध न्यूयाेर्कले मुद्दा हालेको हाे ।

एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै रााष्ट्रपति ट्रम्पकको संस्थालाई मुद्दा लगाइएकाे समाचार एजेन्सीहरूले जनाएका छन् । अदालतले यस विषयमा कारबाहीको प्रक्रिया अघि बढाएको समेत जनाइएको छ ।

न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनल्ड ट्रम्पको तर्फबाट लगभग चेकबुकको जस्तै काम गरेर विभिन्न व्यवसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता गर्दै जथाभावी रकम तिरेको आरोप लगाएकी छन् । उनले तयार पारेको अभियोगपत्रमा विगत एक दशकदेखि ट्रम्प फाउन्डेसनले त्यस्तै शैलीमा काम गरेको उल्लेख गरिएको छ ।

तर ट्रम्प फाउन्डेशनले चाहिँ एक विज्ञप्ति जारी गर्दै ती आरोपहरू अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले उनकै शब्दमा ‘न्यूयोर्कका फोहोरी डिमोक्र्याट’हरूले त्यो मुद्दा अघि सारेर अाफूमाथि षड्यन्त्र दाेहाेर्याएकाे अाराेप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प फाउन्डेसनसँग सम्बन्धित अनियमितताका आरोप सन् २०१६ को राष्ट्रपति चुनावमा पनि बाहिर आएका थिए तर त्यसलाई राष्ट्रपति ट्रम्पको सुरूवाती कार्यकालले छायाँमा पारिदिएको थियो ।

राष्ट्रपति ट्रम्पदेखि उनी मताहतका सरकारी अधिकारीहरूले पछिल्लाे मुद्दालाई पनि अर्को राजनीतिक रुपमा पूर्वाग्रही अनुसन्धान भनेर टिप्पणी गर्न थालेकाे बताइन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com