७२ वर्षमा अमेरिकी राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा लागेका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गर्नु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सवैभन्दा पाको व्यक्ति रहेका छन्। अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्षका थिए । अमेरिकाको इतिहासमा रोनाल्ड रेगनले दोस्रो कार्यकाल सम्हाल्दा सन् १९८४ मा उहाँ ७३ वर्षका थिए ।

ट्रम्प शारीरिक र मानसिक रुपमा स्वस्थ्य छन् । ट्रम्पको रक्तचाप (ब्लड प्रेसर) ल्याबका रिपोर्टहरू आश्चर्यजनक ढङ्गबाट उत्कृष्ट भएको उनका निजी चिकित्सकले बताएका छन् ।

उनकाे शारीरिक शक्ति र आत्मविश्वास निकै बलियो भएको पनि चिकित्सकको भनाई रहेको छ । अमेरिकी नागरिकहरु उनको उमेर र स्वास्थ्यका विषयमा निकै चासो लिने गर्दछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com