कोरिया प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास अनिश्चितकालागि स्थगित – ट्रम्प
प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/06/tarp.jpg?fit=825%2C450&ssl=1)
अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।
कोरिया प्रायद्वीपमा रहेका मुख्य सैन्य अभ्यासहरु हामीले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता भएको दुई दिनपछि ट्रम्पले सैन्य अभ्यास बन्द गर्ने निर्णय गर्नु भएको हो ।