प्रचण्डको स्पष्टीकरणः गल्ती गरे मेरै घरबेटीलाई पनि कारबाही हुन्छ


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताएका छन् ।

मंगलबार बिहान चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए । उनले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’

उनले अघि भने, ‘म जसको घरमा बसेको छु, त्यो घरको मान्छेले पनि गल्ती गर्‍यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’

ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । गृहमन्त्रीलाई बोलाएर आफ्नो घरबेटीलाई कारबाही नगर्न चेतावनी दिएको दाबी गलत भएको उनले बताए । यसबारे गृहमन्त्रीसँग कुनै कुरा नभनेको प्रचण्डको जिकिर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन ।

सरकारको गियर बढ्छ

सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको हो ? भन्ने पत्रकारहरुको जिज्ञासामा प्रचण्डले सरकारको बचाउ गरे । सरकारले बिस्तारै गेयर बढाउँदै लगेको उनको दाबी छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय रुपमा बढेको भन्दै उनले खाद्यान्नमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा लिइने बताए ।

आगामी दिनमा सरकारले जनमुखी कार्यक्रम ल्याउने बताउँदै उनले त्यसका लागि केही समय पर्खनुपर्ने बताए । घोषणापत्रमा उल्लेख भएका कतिपय बिषयहरु बजेटमा छुटेको छ नि भन्ने प्रश्नमा उनले विगतमा सरकार ९-१० महिनामात्र टिक्ने भएकाले लोकपि्रय कार्यक्रम ल्याएको तर, यो सरकार पाँच वर्षका लागि भएकाले अर्थतन्त्रको सन्तुलन कायम राखेर अघि बढ्ने समझदारीअनुसार नै बजेट आएको बताए ।

कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा होइन

नेकपाका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताए ।

संंंविधान निर्माणका क्रममा तत्कालीन माओवादीले कार्यकारी राष्ट्रपतिको पक्षमा फरक मत राखेको स्मरण गराउँदै उनले भने, ‘तर यो अहिलेको हाम्रो एजेण्डा होइन ।’ देशको अहिलेको एजेण्डा सुशासन, विकास र समृद्धि भएको अध्यक्ष प्रचण्डले प्रस्ट पारे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com