राजपा सरकारमा जान तयार छ : महासचिव झा


प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले राजपा बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पार्नु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाईसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथग्रहणको वातावरण बन्ने वित्तिकै राजपा सरकारमा सहभागी हुने जानकारी गराउनु भयो ।

यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको उहाँको भनाई छ । नेता झाले आउने बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको सपथग्रहण भए त्यसको एक÷दुई दिनभित्रै पार्टी सरकारमा जाने स्पष्ट पार्नु भयो ।

२ नम्बर प्रदेशको सरकार आफूहरुको कारणले नढल्ने उहाँको भनाइ छ । फरक प्रसँगमा उहाँले पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधि सभाको सभामुखको अफर गरे जिम्मेवारी वहन गर्न तयार बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com