हत्या अभियोगमा ५ जना पक्राउ , दुई पक्ष बीच झडप ३ जना घाईते


प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार

रौतहट प्रहरीलले अपहरण पछि हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । शनीबार राती आफ्नै घरबाट अपहरणमा परेका कटहरिया नगरपालिका–९ डुमरिया टोलका स्वास्थ्यकर्मी दिलिप साहको १२ वर्षीया छोरा सन्नी देवल भन्ने युवराज साहको अपहरण पछि हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय गरुडाले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटहरीया–९ डुमरियाका २१ वर्षिया शक्तिराय यादव, २० वर्षिया सुनिल यादव, २० वर्षिया प्रविण राय यादव र बृन्दावन नगरपालिका–९ आखरपाथरका १९ वर्षीया विनोद कुमार पटेल, र २० वर्षिया रवी कुमार पटेल रहेका छन । पक्राउ परेको शक्तिराय यादव कटहरिया नगरपालिका–९ का वडा अध्यक्ष रामाज्ञा यादवको छोरा रहेको प्रहरी बताएका छन् ।

बालक साहलाई अपहरण गरि अपहरणकारीले घर भन्दा २५ किलोमिटर टाढा गढीमाई नगरपालिका–५ स्थित बागमती नदी किनारमा लगेर गोली हानी हत्या गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चर्तुभुज ओझाले बताएका छन् ।

त्यसै गरी बालकलाई अपहरण पछि हत्या गरेको भन्दै पिडित पक्ष र आक्रोसित स्थानियहरुको समुहले कटहरिया नगरपालिका–९ का वडा अध्यक्ष रामाज्ञा यादवको घरमा तोडफोड गरेका छन् । आक्रोसित स्थानियको तोडफोड गर्ने क्रममा दुई पक्ष बीच झडप भएको छ । दुई पक्ष बीच भएको झडप नियन्त्रण गर्ने क्रमा प्रहरीका सई सहित ३ जना घाईते भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाईते हुनेहरुमा इलाका प्रहरी कार्यालयका कटहरियाका प्रमुख सई लक्ष्मी नारायण कुर्मी, प्रहरी चौकी छेदी चोकका प्रहरी हवल्दार बुनिलाल मुखिया र प्रहरी जवान विजय यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com