‘नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको भूमिका’ सम्बन्धि संमेलन क्यानडामा


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

डा. अम्बिका प्रसाद अधिकारी (अध्यक्ष),

ग्लोबल पोलिसी फोरम यु.के., द एसोसिएसन अफ नेपालीज  इन द अमेरिकाज र क्यानाडा फाउन्डेसन फर नेपालका साथै नेपाली राजदुताबास अटवा,क्यानाडा र एन आर एन ए, एन. सी. सी. क्यानाडाको संयुक्त आयोजनामा नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको भूमिकासम्बन्धि संमेलन ७ जुलाई, २०१८ का दिन टोरंटो विश्वविद्यालयको वाइक्लिफ कलेज, क्यानडामा आयोजना गरिएको छ । |

टोरंटो संमेलनमा क्यानाडा, संयुक्त राज्य अमेरिका र यूरोपबाट आएका विभिन्न विषयका धेरै विज्ञहरुले नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको के कस्तो भूमिका रहन सक्छ भन्ने बारे आ-आफ्नो विशेषज्ञताको क्षेत्रमा कार्यपत्रहरु प्रस्तुत गर्नेछन्।

विभिन्न कार्यपत्रहरुको प्रस्तुतिसंगै टोरंटो सम्मेलनले इच्छुक नेपाली डायस्पोराका विज्ञहरुलाई कसरी नेपालको उच्च शिक्षामा बढी भन्दा बढी सहयोग पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्न र उपयुक्त रणनीतिको तर्जुमा गर्न सहयोग पुर्याउने छ | नेपालमा उच्च शिक्षा कार्यक्रमको स्तर-उन्नति गर्नकोलागि तर्जुमा गरिएको रणनीति लागु गर्दा आबश्यक पर्ने अनुसन्धान, पाठ्यक्रम विकास, व्यवस्थापन, र दूर शिक्षा सम्बन्धि क्षेत्रमा नेपालमा रहेका विश्व-बिध्यालयहरु र शैक्षिक संस्थाहरु र बिदेशमा रहेका विश्व-बिध्यालयहरु र शैक्षिक संस्थाहरु बीच के कसरी सहयोगको आदान-प्रदान हुन सक्छ भन्ने बारे पनि गहन छलफल गरिने छ।

हालसम्म सन्मेलनका लागि कन्फर्म गरिसक्नु भएका वक्ताहरूमा क्यानाडाका लागि नेपाली राजदूत महामहिम काली प्रसाद पोखरेल, क्यानाडाका फेडरल सांसद डा. गेंग ट्यान, यु.के.को लीड्स यूनिभर्सिटीका प्रोफेसर सुर्य सुवेदी, न्यू ब्रन्सविक यूनिभर्सिटी क्यानाडाका प्रोफेसर बासु शर्मा, क्यालिफोर्निया स्टेट यूनिभर्सिटीका प्रोफेसर जीत जोशी, अरिजोना स्टेट युनिभर्सिटीका डा. अम्बिका प्रसाद अधिकारी,रेजाइना यूनिभर्सिटी क्यानाडाका प्रोफेसर द्रोण रसाइलीफ्लोरिडा यूनिभर्सिटी अमेरिकाका प्रोफेसर शिव गौतम र अमेरिकाको कनेक्टिकट यूनिभर्सिटीका प्रोफेसर बिद्या रंजित लगायत हुनुहुन्छ । यस सम्मेलनको आयोजक समितिमा डा. अम्बिका प्रसाद अधिकारी(अध्यक्ष), डा. तुलसी धरेल, डा. गोविन्द दाहाल, श्री नवराज गुरुङ र श्री गोपीकृष्ण काफ्ले हुनुहुन्छ । सन्मेलनबारेअरु थप जानकारीको लागि:   http://canpec.org/

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com