बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदै, चार मन्त्रालयको बजेट आजको कार्यसूचीमा


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

आर्थिक वर्ष २०७५/७६ को बजेटमा आइतबारबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुँदैछ । त्यसका लागि बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

आइतबार पहिलो दिन सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसूचीमा छ ।

शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयगत शीर्षकमा छलफल हुने छ । यो छलफल असार १ गते सक्ने लक्ष्य छ । त्यसपछि विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ । जवाफ दिइसकेपछि असार मसान्तभित्र बजेट पास गर्ने तयारी छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट संघीय संसदमा पेश गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com