राष्ट्रियसभा नियमावली आइतबार सर्वसम्मत अनुमोदन हुने


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ भोली सर्वसम्मत अनुमोदन हुने बताउनुभएको छ ।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै भोली राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताउनुभयो ।

उनले फौजदारी अभियोग लागेका सांसदको संसद्मा मतदान हुँदा सांसदको संख्या गणना हुने तर मतदान गर्न नपाउने बताउनुभयो ।

राष्ट्रियसभा नियमावली २०७४ भोली राष्ट्रियसभामा पेश हुँदैछ भने भोली नै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनसम्बन्धी संयुक्त नियमावली पनि पेश हुँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com