प्रदेश सातको नीति तथा कार्यक्रम संसदमा पेस हुदै


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

प्रदेश सातको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम आजको संसद बैठकमा पेस गरिने भएको छ । मन्त्रीपरिषद्को हिजोको बैठकले नीति तथा कार्यक्रम पारित गर्दै आज संसदमा पेश गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सातको नीति तथा कार्यक्रम आज दिउसो संसदमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

उहाँले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा विकासका हिसाबले पछि परेको यस प्रदेशमा सडक, बिद्युत, सुचना प्रविधि, बसपार्क तथा यातायात व्यवस्था जस्ता भौतिक पूर्वाधार विकासको क्षेत्रमा आवश्यक स्रोतको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

यसैगरी नेपालसँग सीमा जोडिएका भारत तर्फका मुख्य नाकाहरु मोहना, गड्डाचौकी, डडेल्धुरा, दार्चुला, झुलाघाट र चीनसँग सीमा जोडिएको टिंकर तथा बझाडको उरै नाकालाई व्यवस्थित बनाउन संरचनात्मक सुधारमा सहयोग पुर्याईने, प्रदेश ७ मा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको पहिचान गरी संरक्षण, संम्बद्र्धन र व्यवस्थापनका लागि न्यूनतम भौतिक पूर्वाधारका लागि नीति तथा योजना तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com