नेपालमा नै माछा पुग्दो उत्पादन भएपनि बजारमा अझै आयातित माछाकै वर्चश्व


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

‘आयातित माछा खानुस, परिवार नियोजन गर्नै पर्दैन’ यो भनाइ हो– प्रधानमन्त्री केपी शर्मा ओलीको । तर, नेपाली बजारमा आयातित माछाकै वर्चश्व छ । माछा सड्न नदिन प्रयोग गरिने रसायनले मानव स्वास्थ्यमा पार्ने असरप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ ।

तर, सरकारले आयात विस्थापित गरि स्वदेशी माछा स्थापित गराउने नीति भने लिएको छैन ।

प्रधानमन्त्री ओलीको यही अभिव्यक्तिलाई कालीमाटी फलफूल तथा तरकारी बजारभित्र बिक्रिका लागि राखिएका यि माछाहरुले जिस्काइरहेका छन् । यी सबै माछा विदेशबाट आयातित हुन् ।

माछा हेर्दा निकै आकर्षक, ताजा र ठूला देखिएपनि व्यवासायीले मुनाफा आर्जन गर्ने नाममा उपभोक्ताको स्वास्थ्यलाई बेवास्ता गर्दै फर्मालिनको प्रयोग गर्ने गरेका छन् । यसप्रति सरकारको ध्यान अझै तानिन नसकेको जिउदो माछा व्यवसायी संघका अध्यक्ष जंगबहादुर चौधरीको गुनासो छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतको आन्द्राप्रदेश, बंगाल र बिहारबाट ल्याइएका यि माछाहरु स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छन् । मुलुकभित्र बार्षिक रुपमा ८३ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएपनि उपभोक्ताको रोजाईमा भने विदेशी माछा पर्ने गरेको छ ।

एक तथ्यांकका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक २० देखि ३० हजार केजी माछा खपत हुने गर्दछ । तर व्यवसायीहरुले पछिल्लो समय नेपाली किसानको उत्पादन भन्दै उपभोक्ता ठग्दै आइरहेका छन् ।

मरेको आधाघन्टाभित्र प्रशोधन गरेर माइनस ३५ डिग्रीमा राखेर फ्रोजन नगरिए माछा कुहिने गर्दछ । व्यवसायीहरुले माछा कुहिन नदिन घातक तत्व ‘फर्मालिन’ राखेर खुलेआम बिक्रि गर्दै आएका छन् ।

मत्स्य विकास निर्देशनालयका माछापोखरीका अनुसार भारतबाट मात्रै नेपालमा ११ हजार २ सय २० मेट्रिकटन माछा आयात हुँदै आएको छ । नेपालमा उत्पादन हुँदै आएको माछाले स्वदेशको माग धान्ने भएपनि बाहिरको माछा भित्रिने गरेको निर्देशनालयको ठम्याई छ ।

लामो समयसम्म नबिग्रियोस भन्दै माछामा प्रयोग गरिने फर्मालिनले क्यान्सर, किड्नी ड्यामेज, जडिन्स र नपुसक हुने खतरा बढने माछा विशेषज्ञहरु बताउँछन् । प्रधानमन्त्री ओलीले पनि यही वास्तविकता बोल्नु भएकै हो ।

कतिपय अवस्थामा प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा दिएको जनउत्तरदायी विषयलाई निर्देशन पनि मान्ने गरिन्छ । तर बिडम्बना ओलीको अभिव्यक्तिप्रति चासो दिनुपर्ने सरोकारवाला निकाय मौन छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com